काठमाण्डौं ।
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित भएको छ ।
नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको नेतृ पम्फा भुषालले जानकारी दिनुभयो ।
आजको बैठकमार्फत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो । तर अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ ।
अर्काे बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको नेतृ भुषालले बताउनुभयो । बैठकअघि अन्य राजनीतिक दलहरुसँग छलफल गनुपर्ने आवश्यकता देखीएकोले बैठक स्थगित भएको माआबादी केन्दले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले भने अझै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन ।
प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिए आफू पदमा नबस्ने घोषणा गरिसक्नु भएको छ ।
ओलीले चुनौती मात्र दिएको र राजीनामा दिन्छु भन्ने बहाना नयाँ ताजा जनादेशका लागि जान फेरि संसद विघटन गर्ने चाल हुन सक्ने माओवादी केन्द्रका नेता बर्षमान पुनले बताउनुभयो ।
आफ्नो प्रतिकृया दिनुहोस्