Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home प्रदेश पछिल्लो समाचार

नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै

समाचार डेस्क संवादाताः समाचार डेस्क
२१ चैत्र २०७७, शनिबार १०:५५
एमालेको नेपाल र खनाल समूहको केन्द्रीय समिति बैठक आह्वान
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका ‘राष्ट्रव्यापी अभियान’ घोषणा गर्ने तयारीका लागि आज स्थायी समितिको बैठक बस्न लागेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । नेता भट्टराईले दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने बताउनुभयो ।

उहाँले राष्ट्रव्यापी अभियान सञ्चालनबारे विभिन्न प्रस्ताव आएको जानकारी दिँदै त्यसबारे आजको बैठकबाट निर्णय गर्ने बताउनुभयो । खनाल–नेपाल समूहले यसअघि गत चैत्र ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरेपछि समानान्तर कमिटि गठन गर्दै आइरहेको छ ।

खनाल नेपाल समूहले आज उदयपुरमा पनि समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ । खनाल–नेपाल समूहले नेताहरुमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालिसकेको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले पार्टीलाई पुरानै अवस्थामा फर्काए पनि पार्टी अध्यक्ष ओलीले त्यसको कार्यान्वयन नगरेको नेपाल–खनाल पक्षले आरोप लगाउँदै आएको छ ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio