काठमाडौं । सरकारले आज एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने कार्यक्रम छ ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गर्नु भएको थियो ।
सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट माग गरेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट विनियोजन गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्