काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा चर्च ब्वाइज युनाईटेड सानेपा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिमले गोल गर्न सकेनन् । यस बराबरीसँगै चर्च ब्वाइजले ४ खेलमा १० अंक जोडेको छ । चर्च समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ ।
सानेपाले ४ खेलमा २ अंक जोडेको छ । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्