काठमाडौं । सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई आज राजदूत नियुक्त गर्नु भएको हो । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा विश्वकर्मालाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद बैठकले गत असोज १५ गते विश्वकर्मासँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसक्नु भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्