एजेन्सी । अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप औपचारिक रुपमा लगाउन शुरु गरिएको छ ।
अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा आज आयोजित विशेष समारोहमा २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।
अस्ट्रेलियाले फाइजर कम्पनीले विकास गरेको खोप लगाउन सुरु गरेको हो । प्रधानमन्त्री स्कट मरिसनले भने हिजो नै कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्री ग्रेग हन्टले जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताएका छन् ।
दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ ।
आफ्नो प्रतिकृया दिनुहोस्