काठमाडौं ।
कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने बताएका छन् ।
न्यायाधीश मनोज शर्माको आजको इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीलाई स–शरीर उपस्थित गराएर कारबाही गर्नु पर्ने बताउनुभयो । यस्तै, अधिवक्ता लोकेन्द्र ओलीले पनि प्रधानमन्त्रीलाई अदनलतमा बोलाएर सुनुवाइ हुनुपर्ने बताउनुभयो ।
उहाँले अदालतप्रतिको विश्वास बढाउन पनि अवहेलना गर्नेहरूलाई अदालतमा झिकाएर बयान लिनु पर्ने बताउनुभयो ।
अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार रिट निवेदन दायर गर्नु भएको थियो ।
उक्त निवेदनमा बहस गर्दै कानुन व्यवसायीहरुले प्रधानमन्त्रीलाई बोलाउन माग गरेका हुन् । यस्तै, पूर्व सभामुख दमननाथ ढुंगाना र ४ जना पूर्व प्रधानन्यायधिशहरुविरुद्ध पनि अदालतको अवहेलना गरेको भन्दै मुद्धा दर्ता भएको छ । ती रिटमाथि पनि आजै सोही इजलासमा सुनुवाइ सुरु भएको अदालतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्