काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ ।
दाहाल–नेपाल समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा आज माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।
संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ ।
धर्नामा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
नेकपा दाहाल–नेपाल समूहले संसद विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
दाहाल–नेपाल समूहले हिजोदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ । धर्ना माघ २१ गतेसम्म चल्ने जनाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्