काठमाडौं असोज २९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनसँगै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो । नयॉ जिम्मेवारी पाउनु भएका मन्त्रीहरुले आज बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ लिनु हुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नयाँ थपिएका मन्त्रीहरुमा अर्थ मन्त्रीमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी हेरफेर गरिएको छ ।
प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राख्नु भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ती हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद गठन भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा उल्ल्ेख छ ।
आफ्नो प्रतिकृया दिनुहोस्