काठमाडौं असोज २६।
नेपालमा कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ ।
सुनसरीका मात्रै ३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । २ जनाको धरान र एक जनाको विराटनगरमा मृत्यु भएको हो । धरान उपमहानगरपालिका–१५ मा होम आइसोलेशनमा बसेका ७० वर्षीय कोरोना संक्रमतिको आज बिहान मृत्यु भएको छ । यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
यस्तै सुनसरीका अर्का एक कोरोना संक्रमितको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । रुपन्देहीमा पनि कोरोना भाइरस संक्रमति थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो ।
आफ्नो प्रतिकृया दिनुहोस्