काठमाडौं असोज २६ ।
कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगले लिने परीक्षा दिन नपाउने भएका छन् ।
आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो । आयोगको परीक्षा दिनका लागि परीक्षार्थी आफू संक्रमित भएरनभएको स्वयंले घोषणा गर्नुपर्नेछ ।
आयोगबाट सञ्चालन हुने प्रयोगात्मकरसीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामुहिक छलफल, प्रस्तुतीकरण लगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ । उक्त मापदण्डको पालना नगरेको खण्डमा प्रचलित कानून बमोजिम कारवाही हुने समेत आयोगले जनाएको छ ।
सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएका परीक्षा सञ्चालन गर्न आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ । सोही आधारमा आयोगले परीक्षाको तयारी थालेको हो । गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिनाबाट शुरू हुँदैछ ।
आफ्नो प्रतिकृया दिनुहोस्