Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home प्रदेश पछिल्लो समाचार

सरकार र अनशनरत डा.गोविन्द केसीको वार्ता सहमति नजिक

समाचार डेस्क संवादाताः समाचार डेस्क
२३ आश्विन २०७७, शुक्रबार ०९:२५
अनसनरत डा. गोविन्द केसी र सरकार पक्षबीच आज वार्ता हुने
Share on FacebookShare on Twitter

काठमाडौं असोज २३ ।

सरकार र २६ दिनदेखि अनशनसत डा.गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ ।

शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच हिजो लगातर तीन पटक छलफल भएको थियो । वार्ताका क्रममा डा केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ ।

छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि आज सहमति गर्ने तयारी छ । डा क्षेत्री नेतृत्वको वार्ता टोलीले डा केसीलाई भेटेर सरकारी पक्षसँग भएको छलफलबारे ब्रिफिङ गरिसकेको छ । सरकारी टोलीले पनि आज प्रधानमन्त्री के पी शर्मा ओलीसँग परामर्श गरेपछि थप वार्ता गरेर आजै केसीको अनसन तोडाउने तयारी छ । आज बिहान फेरी वार्ता हुँदैछ । केसीले ६ बुँदे माग राखेर भदौ २९ मा केसीले जुम्लाको चन्दननाथमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गर्नुभएको थियो ।

यसैबीच नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा आज तय गरिएको स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै सरकारी र डा केसीका प्रतिनिधिबीच वार्ता सकारात्मक रुपमा अघि बढिरहेको र कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै २३ गते घोषित आकस्मिक र कोभिड–१९ का सेवाबाहेकका स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरिएको जनाएको हो । २६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन ररक्षाका लागि संघले असोज २२ गतेदेखि विभिन्न विरोधका कार्यक्रम घोषणा गरेको थियो ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio