काठमाडौं असोज २१ ।
चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु सुनसान देखिएका छन् ।
दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको हो । विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो ।
न्यूरोड, दरबारमार्ग, ठमेल लगायतका बजारका केही पसलहरु खुलेको देखिएपनि अधिकांश पसलहरु बन्द छन् । सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका छन् । खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजन लगायतका बाजरमा सुनसान देखिएको छ ।
विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारिहरु पनि निरास बनेका छन् । न्यूरोड, दरबारमार्ग र ठमेल त्यसै पनि साँझको समयमा निकै भिड हुने बजार हो । तर यस वर्ष कोभिड १९ को संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन् । त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारिहरुको गुनासो छ ।
आफ्नो प्रतिकृया दिनुहोस्