काठमाडौं असोज १७ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजे बस्ने भनिएको बैठक भोली बस्ने गरी स्थगित भएको हो ।
हिजो दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि आज अपराह्न ४ बजे बैठक बोलाउने समझदारी भएको थियो । भोली अपराह्न ४ बजे बैठक बस्ने गरी खबर आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भोलि बस्ने बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले जानकारी दिएका छन् ।
नेकपामा केन्द्रीय सदस्यलगायत पूर्णकालीन कार्यकर्तालाई तबल दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डा छलफल हुन बाँकी छन् । यस्तै मन्त्रीपरिषद पुनर्गठन र सरकारले हालै गरेको नियुक्तिको सिफारिसका विषयमा पनि भोलि बस्ने बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीले एकलौटी निर्णय गरेको भन्दै पार्टीभित्रै शीर्ष नेतृत्वमा असन्तुष्टि देखिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्