Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home प्रदेश पछिल्लो समाचार

एसिड आक्रमण सम्बन्धी अध्यादेश मन्त्रिपरिषबाट पारित

समाचार डेस्क संवादाताः समाचार डेस्क
९ आश्विन २०७७, शुक्रबार ०९:२८
एसीड आक्रमणका दोषीलाई कारबाही गर्न नयाँ कानुन ल्याइदै
Share on FacebookShare on Twitter

काठमाडौं असोज ९ ।

सरकारले एसिडको बिक्रि वितरण तथा त्यसको आक्रमण सम्बन्धी कसुरलाई नियमन गर्न अध्यादेश पारित गरेको छ ।

प्रधानमन्त्रीनिवास, बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेलाई जघन्य अपराधको मुद्दामा कारबाही गर्ने गरी अध्यादेश पारित गरेको हो । पारित अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय सरकारले गरेको छ ।

संसद्को नियमित अधिवेशन चालु नभएकाले अध्यादेश आउने हिउँदे अधिवेशनमा पेश गरिने छ । गत २५ भदौमा एसिडपीडितहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले दोषीलाई कडा सजायँको व्यवस्था हुने गरी १५ दिनभित्र कानुनको मस्यौदा ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिनु भएको थियो । जसअनुसार एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैद हुनेछ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजायँ तोकिएको छ । एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजायँ तोकिएको छ भने एसिड आक्रमण गर्नेहरुलाई धरौटीमा रिहा या आममाफी लागू नहुने समेत अध्यादेशमा उल्लेख छ ।

अब एसिड सिल गरिएको बोतलमा मात्र बेच्न पाइने छ भने खुला रुपमा बिक्री वितरण पूर्ण बन्देज गरिने छ । बिक्रेताले प्रमुख जिल्ला अधिकारीसँग एसिड बिक्री वितरणको लाइसेन्स लिनुपर्ने र हरेक वर्ष नवीकरण गर्नु पर्नेछ । बिक्रेताले आफूले ल्याएको एसिडको परिणाम र बेचबिखनको तथ्यांक राख्नुपर्ने छ ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio