काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा जफत गरेको प्याज आजैबाट सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथली बिक्री काउण्टरबाट बिक्री गरिने कम्पनीका प्रमुख नेत्र सुवेदीले बताउनुभयो ।
उहाँले प्याज प्रतिकिलो ६० रूपैयाँका दरले बेचिने समेत जानकारी दिनुभयो ।
एक साता अघि काठमाडौं महारगर र विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको १२ हजार किलो प्याज जफत गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्