एजेन्सी । जापानको सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
गत महिना स्वास्थ्यको कारण देखाउँदै निवर्तनमान प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजिनामा दिएपछि संसदले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई निर्वाचित गरेको हो ।
गत साता आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै पार्टीको तर्फबाट उम्मेद्वार बनेसँगै सुगा प्रधानमन्त्रीमा निर्वाचित भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । ४६२ सदस्य रहेको जापानको तल्लो सदनमा भएको निर्वाचनमा सुगाले ३१४ मत प्राप्त गरेका हुन् ।
निवर्तमान प्रधानमन्त्रीका विश्वास पात्र रहेका सुगा यसअघि मन्त्रिपरिषदका मुख्य सचिव रहेका र्थि । नव निर्वाचित प्रधानमन्त्री सुगाले पूर्ववर्ती सरकारले अघि सारेका नीतिलाई निरन्तरता दिने बताइएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्न आफ्नो जोड रहने बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्