Radio Janata
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
TRENDING
मूल समाचार कोरोना अपडेट कोरोना महामारी
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • RadioLive
No Result
View All Result
Radio Janata
No Result
View All Result
Home कला /शैली

राष्ट्रकवि घिमिरेको निधन

समाचार डेस्क संवादाताः समाचार डेस्क
२ भाद्र २०७७, मंगलवार १८:३६
राष्ट्रकवि घिमिरेको निधन
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा आज निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिनुभयो ।

उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो । केहि समय अस्पतालको उपचार पछि उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा पनि समस्या देखिएको थियो । राष्ट्रकवि घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छोरी रेग्मीले जानकारी दिनुभयो ।

घिमिरे अव आउने असोज महिनामा १०२ वर्ष उमेरको पुग्दै हुनुहुन्थ्यो । राष्ट्रकवि घिमिरेको जन्म १९७६ मा लमजुङ, पुस्तुनमा भएको हो ।

वि सं १९९३ मा काठमाडौ आउनुभएका घिरिले रानीपोखरी संस्कृत पाठशालाबाट औपचारिक शिक्षा प्रारम्भ गर्नुभएको थियो । उहाँले भारतको बनारसको क्विन्स कलेजबाट सर्वदर्शनमा शास्त्रीसम्मको अध्ययन गर्नुभएको छ ।

भाषानुवाद परिषदबाट जागीरे जीवन सुरु गरेका घिमिरे गोरखापत्रको सहायक सम्पादक, लमजुङको विद्यालयमा प्रधानाध्यापक पनि बने । २०१४ सालमा प्रज्ञाप्रतिष्ठानको सदस्य रहेका उनी पछि कुलपतिसम्म बने । उनी प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन् ।

नेपाली साहित्यमा देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा घिमिरेका रचनामा लोकलयको मिठो संयोजन पाइन्छ । घिमिरेले १३–१४ वर्षमै कविता लेख्न सुरु गर्नुभएको थियो । उहाँले काठमाडौं आउनुअघि नै १९९२ सालमा गोरखापत्रमा ज्ञानपुष्प शीर्षकको कविता छाप्नुभएको थियो । घिमिरेको लेखनमा देवकोटाको स्वछन्दतावाद र लेखनाथ पौड्यालको परिष्कारवादको प्रभाव पाइन्छ ।

१९९४ सालमा छापिएको नवमञ्जरी कविता संग्रह घिमिरेको पहिलो कृति हो । गद्य र पद्य दुवै विधामा कलम चलाउनुभएका घिमिरेका गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीत सङ्ग्र्रह), शकुन्तला, विषकन्या, अश्वत्थामा, देउकी, बालकुमारी, बोराको पर्दा, घामपानी,बाललहरी,सुनपंखी चरी लगायतका कृति प्रकाशित छन् ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

रेडियो जनता ८९.१

मीनभवन,नयाँ बानेश्वर,काठमाडौं ।
फोन : ०१–४१०७२३८ ४१०७२३९

अध्यक्ष: डा. विजयकुमार पौडेल
स्टेशन म्यानेजर: दीपेन्द्र दोङ तामाङ
हाम्रो टिम

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

इन्फोब्रेक

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल
© २०२० रेडियो जनता सर्वाधिकार सुरक्षित । दर्ता नम्बर : ९१४–०७३/०७४
  • होमपेज
  • समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थबजार
  • खेलकुद
  • विदेश
  • समाज
  • भिडियो
  • कला /शैली
  • Radio